C Em F C
आवाज दिई निरवतामा, मलाई बोलाउने को हो?
F G C G C
हर घडी, हर क्षण, बोलाइरहने, मेरो प्यारो प्रभु हो २
C G Am F C
थाहा नपाई, पापको भारी, लिई हिंडिरहन्छु म २
C Am Dm G C
अँध्यारो पथमा ठोकर खाँदा, प्रभुलाई सम्झन्छु म २
Am Em Am Em Am F
दुई दिनको चोला, पलभर होला, यसलाई सम्हाल्ने को हो?
F G Am C G C
पुकार सुनी दुइ हात दिने, मेरो प्यारो प्रभु हो २
आशा-निराशाको कालो बादल, आई मलाई घेर्दैछ २
पथ-भ्रान्त पथिकझैँ डुलीरहंदा, यो जीवन जानेछ २
जीवन मै हुँ, भनेर मलाई, बाटो देखाउने को हो?
अनन्त को त्यो रमाहटमा लाने, मेरो प्यारो प्रभु हो २
नरलोक मा आई, परलोकमा भूली, भटकिरहेको छु म २
अनन्त-व्यथा पोख्न नपाई, अल्झीरहेको छु म २
जीवन ज्योति निभ्ने हो कहिले, यसलाई सम्हाल्ने को हो?
अमर जीवन सित्तैमा दिने, मेरो प्यारो प्रभु हो २